२ इतिहास 10:14 - पवित्र बाइबल14 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्राद्वारा दण्ड दिने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ बनाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले जवान मानिसहरूको सल्लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।” Viz kapitola |