Online Bible

- Reklamy -




२ इतिहास 1:11 - पवित्र बाइबल

11 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमेश्‍वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्‍पत्ति, सुनाम वा शत्रुको मृत्‍यु वा आफ्‍नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्।

Viz kapitola kopírovat




२ इतिहास 1:11

Následuj nás:

Reklamy


Reklamy