१ थेसलोनिकी 2:4 - पवित्र बाइबल4 होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले हामीलाई विश्वास गरेर नै सुसमाचार सुनाउने जिम्मा दिनुभयो। यसैकारण हामीहरू उहाँको इच्छामा बोल्छौं। हामी मानिसहरूलाई होइन तर हाम्रो मन जाँच्नुहुने परमेश्वरलाई खुसी पार्न चाहन्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौँ। Viz kapitola |