१ शमूएल 9:19 - पवित्र बाइबल19 शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 शमूएलले जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगिअगि डाँड़ाको थानमा जाऊ, र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई बिदा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शमूएलले उत्तर दिए, “म नै हुँ, स्वप्नदर्शी। मेरा अघि-अघि आराधना स्थलमा जाओ। तिमीहरू दुवैले आज मसित भोज खानुपर्नेछ। म भोलि बिहान तिमीहरूका सबै प्रश्नहरूका उत्तर दिउँला र तिमीहरूलाई बिदा गरूँला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु। Viz kapitola |