१ शमूएल 8:12 - पवित्र बाइबल12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। “राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कसैलाई तिनले हजार जनामाथि र अरू कसैलाई पचास जनामाथि सेनापति बनाउनेछन्। तिम्रा छोराहरूले तिनको खेत जोत्नु, फसल काटी बटुल्नु र तिनका हात-हतियार र रथका सर-सामान बनाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्। Viz kapitola |