Online Bible

- Reklamy -




१ शमूएल 6:4 - पवित्र बाइबल

4 पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?” पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “उहाँलाई हामीले कस्‍तो दोषबलि पठाउने?” पलिश्‍तीहरूले सोधे। तिनीहरूले यस्‍तो जवाफ दिए, “तपाईंहरू सबै र तपाईंहरूका शासकहरूलाई सताउने त्‍यही रूढ़ीको नमूनाका पाँच वटा सुनका गिर्खा र पाँच वटा सुनका मूसा पलिश्‍तीका शासकहरूको संख्‍याअनुसार पठाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “हामीले के भेटी पठाऔं त?” मानिसहरूले सोधे। तिनीहरूले जवाफ दिए, “हरेक पलिश्‍ती राजाको लागि एउटाको हिसाबले पाँच वटा सुनका मुसा र पाँच वटा सुनका गिर्खाका नमुनाहरू पठाओ। तिमीहरू र पाँचै जना राजामाथि एउटै रुढी आएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पलिश्तीहरूले सोधे, “हामी उहाँलाई कस्तो किसिमको दोषबलि पठाऔँ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूका शासकहरूको संख्याअनुसार सुनबाट बनेका पाँच वटा गिर्खा र सुनबाट बनेका पाँच वटा मुसा पठाउनू; किनकि यही रूढीले तिमीहरू र तिमीहरूका शासकहरूलाई प्रहार गरेको थियो।

Viz kapitola kopírovat




१ शमूएल 6:4

Následuj nás:

Reklamy


Reklamy