१ शमूएल 6:21 - पवित्र बाइबल21 किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब तिनीहरूले किर्यत-यारीम बासिन्दाहरूलाई यो समाचार पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दूक फर्काइदिएका छन्। तल आएर त्यो तपाईंहरूको ठाउँमा लानुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूले किर्यत-यारीमका मानिसहरूलाई यसो भनी खबर दिनलाई मानिसहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको करारको सन्दुक फर्काएका छन्, आएर लैजाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।” Viz kapitola |