Online Bible

- Reklamy -




१ शमूएल 6:18 - पवित्र बाइबल

18 पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए। बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सुनका मूसाहरूचाहिँ पर्खाल भएका सहर र तिनका बस्‍तीहरू, जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै सहरहरूको संख्‍याअनुसार थिए। त्‍यो ठूलो ढुङ्गा, जसमा तिनीहरूले परमप्रभुको सन्‍दूक राखे, त्‍यो बेथ-शेमेशका यहोशूको खेतमा आजको दिनसम्‍मै साक्षीको रूपमा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले ती पाँच जना पलिश्‍ती राजाहरूले राज्‍य गरेका प्रत्‍येक सहरका नाउँमा एकएक वटा सुनका मुसाहरू पठाए। ती सहरहरू पर्खाल लाएका र नलाएका दुवै थरीका थिए। बेथ-शेमेशका यहोशूको खेतको त्‍यो ठूलो ढुङ्गा, जसमाथि तिनीहरूले परमप्रभुको करारको सन्‍दुक राखेका थिए, अझसम्‍म त्‍यहाँ भएका कुराको साक्षीको रूपमा छँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि सुनका मुसाहरूको संख्याचाहिँ ती पाँच जना शासकहरूका बलियो किल्‍ला भएका सहरहरू र त्यसका गाउँहरूको संख्याअनुसारका थिए। त्यो ठूलो चट्टान, जहाँ तिनीहरूले याहवेहको सन्दुक राखेका थिए, त्यो आजको दिनसम्मै बेथ-शेमेसको यहोशूको खेतमा साक्षीको रूपमा छँदैछ।

Viz kapitola kopírovat




१ शमूएल 6:18

Následuj nás:

Reklamy


Reklamy