१ शमूएल 6:14 - पवित्र बाइबल14-15 गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो। बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए। लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे। त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यो गाड़ा बेथ-शेमेशको यहोशूको खेतमा आएर अड़ियो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाड़ाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बेथ-शेमेशमा बास गर्ने यहोशूको खेतमा आई गाडा एउटा ठूलो ढुङ्गाको छेउमा थामियो। मानिसहरूले गाडाका काठहरू काटे र गोरुहरू मारेर परमप्रभुलाई होमबलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए। Viz kapitola |