Online Bible

- Reklamy -




१ शमूएल 5:8 - पवित्र बाइबल

8 अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?” शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसैले सन्‍दूकलाई के गर्नुपर्छ भनी सोध्‍नलाई उनीहरूले पलिश्‍तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूक पारि गातमा पुर्‍याइओस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसकारण तिनीहरूले सन्‍देशवाहकहरूलाई पठाएर पाँचै जना पलिश्‍ती राजाहरूलाई भेला गरे र तिनीहरूलाई सोधे, “इस्राएलका परमेश्‍वरको करारको सन्‍दुकलाई हामीले के गर्ने?” तिनीहरूले जवाफ दिए, “त्‍यसलाई गातमा पुर्‍याइदेओ।” गात अर्को एउटा पलिश्‍ती सहर थियो र तिनीहरूले सन्‍दुक त्‍यहाँ पुर्‍याइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई गातमा सारे।

Viz kapitola kopírovat




१ शमूएल 5:8

Následuj nás:

Reklamy


Reklamy