१ शमूएल 5:3 - पवित्र बाइबल3 भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 भोलिपल्ट जब अश्दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 भोलिपल्ट बिहान अश्दोदका मानिसहरूले दागोनको मूर्ति परमप्रभुको करारको सन्दुकको अघिल्तिर जमिनमा घोप्टो परेर लडिरहेको देखे। यसकारण तिनीहरूले मूर्ति उठाएर त्यसको ठीक ठाउँमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे। Viz kapitola |