Online Bible

- Reklamy -




१ शमूएल 5:11 - पवित्र बाइबल

11 एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।” एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसैले उनीहरूले पलिश्‍तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए, र तिनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूक फर्काइदिनुहोस्‌। त्‍यसलाई आफ्‍नै ठाउँमा पुर्‍याइदिनुहोस्, नत्रता त्‍यसले गर्दा हामी सबैको मृत्‍यु हुनेछ।” मृत्‍युको कारणले जम्‍मै सहरमा त्रास फैलिएको थियो, किनभने परमेश्‍वरका हातको प्रकोप त्‍यहाँ परेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसकारण तिनीहरूले फेरि सबै पलिश्‍ती राजाहरूलाई बोलाएर भने, “इस्राएलको करारको सन्‍दुक त्‍यसकै ठाउँमा पठाइदिनुहोस् र हामी र हाम्रा परिवारलाई मर्न नपरोस्।” परमेश्‍वरले तिनीहरूलाई यस्‍तो कठोर सजाय दिनुभएकोले सहरमा आतङ्क फैलिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलको देवताको सन्दुक फर्काइदेओ; त्यसको आफ्नै ठाउँमा फर्काइदेओ, नत्रता यसले हामी र हाम्रा मानिसहरूलाई मार्नेछ।” मृत्युको कारण त्यस सहर आतङ्कले भरिएको थियो। परमेश्‍वरको बाहुलीको भार त्यसमाथि परेको थियो।

Viz kapitola kopírovat




१ शमूएल 5:11

Následuj nás:

Reklamy


Reklamy