१ शमूएल 5:10 - पवित्र बाइबल10 यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए। जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसर्थ उनीहरूले परमेश्वरको सन्दूक एक्रोनमा पठाइदिए। सन्दूक एक्रोनमा प्रवेश गर्दा एक्रोनवासीहरू यसो भनेर कराए, “उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नका निम्ति इस्राएलका परमेश्वरको सन्दूक हामीकहाँ ल्याएछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण तिनीहरूले करारको सन्दुक अर्को पलिश्ती सहर एक्रोनमा पुर्याए। तर त्यो त्यहाँ पुग्दा त्यहाँका मानिसहरू यसरी कराए, “हामी सबैलाई मार्न भनी तिनीहरूले इस्राएलका परमेश्वरको करारको सन्दुक यहाँ ल्याएका हुन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाइदिए। परमेश्वरको सन्दुक एक्रोनमा प्रवेश गरिरहेको बेला एक्रोनका मानिसहरू यसो भनेर रोए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्न इस्राएलको देवताको सन्दुक हामीकहाँ ल्याएका छन्।” Viz kapitola |