Online Bible

- Reklamy -




१ शमूएल 4:3 - पवित्र बाइबल

3 बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्‍तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन्‌ र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन्‌ भनेर हामी परमप्रभुका करारको सन्‍दूक शीलोबाट ल्‍याऔं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब बाँचेका जति छाउनीमा फर्किआए र इस्राएलका अगुवाहरूलाई भने, “आज किन परमप्रभुले पलिश्‍तीहरूलाई हामीमाथि विजय गर्न दिनुभयो? हामी गएर शीलोबाट परमप्रभुको करारको सन्‍दुक ल्‍याऔँ र उहाँ हामीसँग जानुहुनेछ र शत्रुदेखि हाम्रा रक्षा गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।”

Viz kapitola kopírovat




१ शमूएल 4:3

Následuj nás:

Reklamy


Reklamy