१ शमूएल 4:21 - पवित्र बाइबल21 तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ “ईकावोद” राखिन्, जसको अर्थ “इस्राएलको महिमा लगियो!” उनले यो नाउँ राखीन् कारण परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुराको संकेत गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसले यसो भनेर बालकको नाउँ ईकाबोद राखी, “इस्राएलबाट महिमा हरायो,” कारण परमेश्वरका करारको सन्दूक कब्जा गरिएको तथा त्यसका ससुरा र पतिको मृत्यु भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बालकको नाम ईकाबोद राखेर तिनले यसो भनिन्, “इस्राएलबाट परमेश्वरको महिमा हरायो।” यसरी तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेको कुरा प्रकट गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनले यसो भनेर बालकको नाम इकाबोद राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो। Viz kapitola |