१ शमूएल 4:19 - पवित्र बाइबल19 एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिई, र बालक जन्मने समय भइसकेको थियो। जब त्यसले परमेश्वरको सन्दूक कब्जा गरेर लगेको र आफ्ना ससुरा र पति मरेका थाहा पाई तब त्यति नै बेला थुचुक्क बसेर त्यसले बालक जन्माई। तर त्यसको प्रसववेदनाले गर्दा त्यो ग्रस्त भई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 एलीकी बुहारी पीनहासकी स्वास्नी दुई जिउकी थिइन् र तिनको बालक जन्मने बेला भइसकेको थियो। तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेका कुरा सुन्दा अचानक तिनलाई बेथा लाग्यो र बच्चा जन्म्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्यो। Viz kapitola |