१ शमूएल 4:17 - पवित्र बाइबल17 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यो समाचार ल्याउने मानिसले जवाफ दियो, “इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे। सेनामा ठूलो विनाश भएको छ। तपाईंका दुवै छोरा, होप्नी र पीनहास मारिए, र परमेश्वरको सन्दूक पनि खोसियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस सन्देशवाहकले उत्तर दियो, “इस्राएलीहरू पलिश्तीहरूका अघिबाट भागे। यो हाम्रो लागि एउटा डरलाग्दो हार थियो। त्यस बाहेक तपाईंका छोरा होप्नी र पीनहास मारिए अनि परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्वरको करारको सन्दुक पनि खोसियो।” Viz kapitola |