Online Bible

- Reklamy -




१ शमूएल 4:13 - पवित्र बाइबल

13 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यो आइपुग्‍दा एली बाटोको छेउमा आफ्‍नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरका सन्‍दूकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्‍यो मानिस सहरभित्र पस्‍यो, र जब त्‍यसले जे भएको थियो सबै भन्‍यो तब पूर्ण सहरले नै चीत्‍कार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 एली करारको सन्‍दुकको लागि औधी चिन्‍तित थिए अनि बाटोको छेउमा एउटा आसनमा बसी एकोहोरो हेरिरहेका थिए। त्‍यस मानिसले सारा सहरमा खबर पुर्‍यायो अनि सबै जना डरले कराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब त्यो मानिस आइपुग्यो, तब त्यहाँ एलीचाहिँ परमेश्‍वरको सन्दुकको कारण विचलित भएर बाटोको छेउमा आफ्नो कुर्सीमाथि बसेर हेरिरहेका थिए। अनि त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो, सो सबै भन्यो, तब सारा सहरमा चीत्कार मच्‍चियो।

Viz kapitola kopírovat




१ शमूएल 4:13

Následuj nás:

Reklamy


Reklamy