१ शमूएल 31:7 - पवित्र बाइबल7 बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्ना सहरहरू छोड़ेर भागे, र पलिश्तीहरू त्यहाँ गएर ती सहरहरूलाई कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जब यिजरेलको बेसीको पल्लोपट्टि अनि यर्दन नदीको पूर्वमा बास गर्ने इस्राएलीहरूले इस्राएली सेना भागेका र शाऊल र तिनका छोराहरू मारिएका खबर सुने, तिनीहरू आ-आफ्ना सहरहरू छोडेर भागे। त्यसपछि पलिश्तीहरू आएर ती सहरहरू अधीनमा लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे। Viz kapitola |