१ शमूएल 30:8 - पवित्र बाइबल8 दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौं? म तिनीहरूलाई पक्रन सक्छु?” परमप्रभुले भन्नु भयो, “तिनीहरूलाई पछ्याऊ, तिनीहरूलाई पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बँचाउन सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “उनीहरूलाई खेद्। तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 दाऊदले परमप्रभुलाई सोधे, “के म ती छापामारहरूका पछि जाऊँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई खेदेर जा, तैँले तिनीहरूलाई भेट्टाउनेछस् र कैदीहरूलाई छुटाउनेछस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।” Viz kapitola |