१ शमूएल 30:22 - पवित्र बाइबल22 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर दाऊदसँग भएका कति जना दुष्ट र गोलमाल मच्चाउने मानिसहरूले बीचैमा कुरा काटी तिनलाई भने, “यी मानिसहरू हामीसँग गएनन्। हामीले फिर्ता ल्याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्ना पत्नी र छोराछोरी लैजाऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर दाऊदसित जाने निच र बेकामका कति मानिसहरूले यसो भने, “यिनीहरू हामीसित गएनन् र हामी तिनीहरूलाई लुटका कुनै पनि धन दिनेछैनौं। तिनीहरू आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरू लिएर जाऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्चाहरू भने लैजाऊन्।” Viz kapitola |