१ शमूएल 30:21 - पवित्र बाइबल21 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब दाऊद बसोरको खोल्सोमा बिसाउने ती दुई सय अघि थाकिसकेका मानिसहरूकहाँ आए। तिनीहरू तिनलाई र तिनका मानिसहरूलाई भेट्न आए। दाऊदले तिनीहरू सबैलाई अभिवादन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसपछि दाऊद ती दुई सय जनाकहाँ गए, जुनहरू दुर्बल भएर तिनीसित जान नसकी बसोरको खोल्सामा बसेका थिए। तिनीहरू दाऊद र तिनीसँग जानेहरूलाई भेट्न आए र दाऊदले तिनीहरूको छेउमा गएर तिनीहरूलाई अभिवादन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि दावीद ती दुई सय मानिसहरूकहाँ आए, जो तिनलाई पछ्याउन नसकेर अति थकित भई बसोरको बेँसीमा बसेका थिए। तिनीहरू दावीद र तिनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए। जब दावीद र तिनका मानिसहरू आइपुगे, तब तिनले उनीहरूलाई अभिवादन गरे। Viz kapitola |