१ शमूएल 30:15 - पवित्र बाइबल15 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?” त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दाऊदले भने, “के तँ मलाई त्यस दलकहाँ बाटो देखाउन सक्छस्?” त्यसले जवाफ दियो, “तपाईं मलाई मार्नुहुन्न, अथवा मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी परमेश्वरको सामु शपथ खाएर मलाई भन्नुहोस्, र म तपाईंलाई बाटो देखाएर उनीहरूकहाँ पुर्याइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “के तँ मलाई ती छापामारहरूकहाँ पुर्याउँछस्?” दाऊदले त्यसलाई सोधे। त्यसले उत्तर दियो, “तपाईंले परमेश्वरको नाममा मलाई मार्नुहुन्न वा मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी प्रतिज्ञा गर्नुभयो भने म पुर्याइदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दावीदले त्यसलाई सोधे, “के तैँले मलाई त्यस लुटपाट गर्ने दलकहाँ लैजान सक्छस्?” त्यसले जवाफ दियो, “तपाईंले मलाई मार्नुहुन्न र मलाई मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी परमेश्वरको नाममा शपथ खानुहोस्, तब म तपाईंलाई तिनीहरूकहाँ लैजानेछु।” Viz kapitola |