१ शमूएल 3:6 - पवित्र बाइबल6 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो। मलाई बोलाउने परमप्रभु हुन् भनी उनले थाहा पाएनन् किनभने अघि कहिल्यै परमप्रभु तिनीसित बोल्नुभएको थिएन। यसकारण तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तर एलीले भने, “छोरो, मैले तँलाई बोलाइनँ, गएर सुत्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।” Viz kapitola |