१ शमूएल 29:3 - पवित्र बाइबल3 पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब पलिश्तीका सेनापतिहरूले सोधे, “यी हिब्रूहरू किन आएका छन्?” आकीशले जवाफ दिए, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद हुन्, जो मसँग एक वर्षभन्दा ज्यादै रहेका छन्। तिनी मतर्फ लागेदेखि यसो मैले कुनै किसिमको दोष तिनमा भेट्टाएको छैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पलिश्ती सेनापतिहरूले तिनीहरूलाई देखेर, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” भनी सोधे। आकीशले उत्तर दिए, “यिनी दाऊद इस्राएलका राजा शाऊलका एउटा अधिकृत हुन्। धेरै दिनदेखि यिनी मसित छन्। यिनी मकहाँ आएदेखि आजसम्म मैले यिनमा केही दोष पाउन सकिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्? आकीशले जवाफ दिए, “के यिनी दावीद होइनन् र? जो इस्राएलका राजा शाऊलका अधिकृत थिए। यिनी मसँग एक वर्षभन्दा बढी समयदेखि छन्; अनि यिनले शाऊललाई छोडेदेखि अहिलेसम्म मैले यिनमा कुनै दोष भेट्टाएको छैनँ।” Viz kapitola |