१ शमूएल 26:5 - पवित्र बाइबल5 दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्नो फौजका चारैतिरको छाउनी बनाएर पङ्क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनी तुरुन्तै गएर शाऊल र अबनेर सुतेका ठाउँ पत्ता लाएर आए। नेरको छोरो अबनेर शाऊलका सेनापति थिए। पालभित्र शाऊल सुत्थे र तिनका चारैपट्टि तिनका मानिसहरूले छाउनी हालेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए। Viz kapitola |