१ शमूएल 26:21 - पवित्र बाइबल21 तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब शाऊलले जवाफ दिए, “मैले पाप गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्य ठान्यौ, अब फेरि कहिल्यै म तिम्रो हानि गर्नेछैनँ। म मूर्ख भएँ, मैले साह्रै ठूलो भूल गरें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 शाऊलले जवाफ दिए, “मैले भुल गरें। दाऊद, मेरो छोरो फर्केर आइज। म फेरि कहिल्यै तेरो हानि गर्नेछैनँ किनभने आज राती तैँले मेरो प्राण कुशल छोडिदिइस्। म मूर्ख बनेको छु! मैले डरलाग्दो काम गरेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब शाऊलले भने, “मैले पाप गरेको छु। हे मेरा छोरा दावीद, फर्केर आऊ! किनकि तिमीले मेरो जीवनलाई आज बहुमूल्य ठानेका छौ। अब उसो म फेरि तिमीलाई हानि गर्ने कोसिस गर्नेछैनँ। वास्तवमै मैले एउटा मूर्खले जस्तै काम गरेको छु; अनि अति ठूलो भूल गरेको छु।” Viz kapitola |