१ शमूएल 26:15 - पवित्र बाइबल15 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्तै अरू कोही छन्? तिमीले किन आफ्ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दाऊदले उत्तर दिए, “अबनेर, के तिमी इस्राएलमा सबैभन्दा महान् व्यक्ति होइनौ? तर किन आफ्ना स्वामी, आफ्ना राजालाई रक्षा गर्दैनौ? अहिले भर्खरै तिम्रा मालिकलाई मार्न एउटा मानिस तिम्रो छाउनीमा पसेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो। Viz kapitola |