१ शमूएल 26:12 - पवित्र बाइबल12 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझियो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्यूँझेन। परमप्रभुबाट पठाइएको मस्त निद्रामा उनीहरू सुतिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाऊदले शाऊलको शिरको छेउबाट भाला र पानीको सुराही लिए र त्यहाँबाट अबीशैसित बिदा भए। त्यो कुरा कसैले देखेन र के भयो भनेर कसैले जानेन। तिनीहरू घोर निद्रामा परेका थिए किनभने परमप्रभुले तिनीहरूमाथि घोर निद्रा पठाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो। Viz kapitola |