१ शमूएल 25:39 - पवित्र बाइबल39 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।” त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, “त्यसले गरेको बेइज्जतको निम्ति नाबाललाई दण्ड दिनुहुने र उहाँको दास, मलाई खराबी गर्नदेखि जोगाउनुहुने परमप्रभुको प्रशंसा होस्। नाबालले गरेको खराबी त्यसको आफ्नै टाउकोमा परमप्रभुले खन्याउनुभएको छ।” तब दाऊदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 नाबाल मर्यो भनी दाऊदले सुने र तिनले भने, “परमप्रभुको प्रशंसा होस्! मलाई अपमान गरेको निम्ति उहाँले त्योसित बदला लिनुभयो र मलाई खराब काम गर्नदेखि बचाउनुभयो। नाबाललाई त्यसले गरेको खराबको निम्ति परमप्रभुले सजाय दिनुभएको हो।” त्यसपछि दाऊदले अबीगेललाई आफूले विवाह गर्ने प्रस्ताव पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।” त्यसपछि दावीदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। Viz kapitola |