१ शमूएल 25:26 - पवित्र बाइबल26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “अब रक्तपात गर्नु र बदला लिनुबाट हजूरलाई परमप्रभुले रोक्नुभएको छ। जीवित परमप्रभुको नाउँमा र हजूरका जीवनको शपथ खाएर म भन्दछु, हजूरका शत्रुहरू र हजूरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमेश्वरले तपाईंलाई आफ्ना शत्रुहरूसित बदला लिएर तिनीहरूलाई नाश पार्नदेखि रोक्नुभएको छ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि तपाईंका शत्रुहरू र तपाईंको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तै होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्। Viz kapitola |