१ शमूएल 25:21 - पवित्र बाइबल21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरुभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 दाऊदले भर्खरै भनेका थिए, “मरुभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन-सम्पत्तिको रक्षा गरिदिनु त व्यर्थ भयो। त्यसले भलाइको साटो मलाई खराबी गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 दाऊदले मनमा यस्तो गुन्दै थिए, “किन मैले वनमा त्यस मानिसको सम्पत्तिको रक्षा गरेछु? त्यसको एउटा थोक पनि चोरी भएन र यस प्रकारले त्यसले मेरो मद्दतको सट्टामा मलाई खराबी गर्दै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ। Viz kapitola |