१ शमूएल 24:15 - पवित्र बाइबल15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुइ बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैंले देखाउनु हुनेछ कि म सही छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ, र उहाँले हाम्रा बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु, परमप्रभुले हेर-विचार गरिदेऊन्। मेरो निम्ति परमप्रभुले नै इन्साफ गरेर तपाईंको हातबाट मलाई मुक्त गरिदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले न्याय गर्नुहुनेछ र हामी दुईमा कसको कसुर छ त्यो निर्णय दिनुहुनेछ। उहाँले यस विषयमा जाँच गरून्, मेरो रक्षा गरून् र मलाई तपाईंका हातबाट बचाऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।” Viz kapitola |