१ शमूएल 23:25 - पवित्र बाइबल25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 शाऊल र उनका मानिसहरूले खोज्न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा निस्के। त्यो कुरा सुनेर दाऊद माओन मरुस्थलको एउटा चट्टान मात्र भएको डाँडामा गए र त्यहाँ बसे। त्यो सुनेर शाऊल दाऊदको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए। Viz kapitola |