१ शमूएल 22:7 - पवित्र बाइबल7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शाऊलले आफ्ना मानिसहरूलाई भने, “हे बेन्यामीनी हो, मेरो कुरा ध्यान दिएर सुन। के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ, अथवा तिमीहरू सबैलाई हजार र सयका फौजका सेनापति बनाइदिन्छ भनी तिमीहरू आशा गर्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनले भारदारहरूलाई भने, “बेन्यामीनीहरू हो, सुन! के दाऊदले तिमीहरू सबैलाई खेत र दाखबारी दिनेछ र त्यसका सेनामा अधिकृत बनाउनेछ भनी सोच्दछौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शाऊलले तिनीहरूलाई भने, “सुन, हे बेन्यामीनका मानिसहरू हो! के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ? के त्यसले तिमीहरूलाई हजार-हजारमाथि र सय-सयमाथिका फौजका सेनापति बनाउनेछ भनी तिमीहरू सोच्दछौ? Viz kapitola |