१ शमूएल 22:17 - पवित्र बाइबल17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब शाऊलले आफ्नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, “गएर परमप्रभुका पूजाहारीहरूलाई मार। किनभने तिनीहरूले दाऊदसित मतियारी गरेका छन्। त्यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका सेवकहरू परमप्रभुका पूजाहारीहरूमाथि हात उठाउन राजी भएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब तिनले आफ्ना छेउमा उभिरहेका पहरादारहरूलाई भने, “परमप्रभुका पूजाहारीहरू सबैलाई मार! तिनीहरूले दाऊदसित मिलेर षड्यन्त्र गरे र सबै कुरा थाहा हुँदाहुँदै पनि त्यो भागेको कुरा मलाई भनेनन्।” तर पहरेदारहरूमध्ये एक जनाले पनि परमप्रभुका पूजाहारीहरूलाई मार्न भनी आफ्नो हात उठाएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब राजाले आफ्नो छेउमा भएका अङ्गरक्षकहरूलाई भने, “फर्केर याहवेहका पुजारीहरूलाई मार! किनकि यिनीहरू पनि दावीदपट्टि लागेका छन्। त्यो भाग्दैथियो भन्ने कुरा यिनीहरूलाई थाहा थियो; तापनि यिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका अधिकृतहरूले याहवेहका पुजारीहरूमाथि हात उठाउन मानेनन्। Viz kapitola |