Online Bible

- Reklamy -




१ शमूएल 21:9 - पवित्र बाइबल

9 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।” दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 पूजाहारीले जवाफ दिए, “एलाहको बेँसीमा तपाईंले मार्नुभएको पलिश्‍ती गोल्‍यतको तरवार यहाँ छ। त्‍यो एपोदको पछाड़ि लुगामा बेहेरेर राखिएको छ। त्‍यो लैजाने इच्‍छा भए लैजानुहोस्‌। यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्‍यो जस्‍तो अरू तरवारै छैन। मलाई त्‍यही दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अहीमेलेकले उत्तर दिए, “पलिश्‍ती गोल्यत, जसलाई तपाईंले एलाहको बेसीमा मार्नुभएको थियो, त्‍यसको तरवार मसित छ। त्‍यो लुगामा बेरेर एपोदको पछिपट्टि छ। लानुहुन्‍छ भने, त्‍यो मात्र एउटा हतियार यहाँ छ?” “त्‍यो मलाई दिनुहोस्,” दाऊदले भने, “त्‍योभन्दा असल तरवार अरू कतै छैन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।”

Viz kapitola kopírovat




१ शमूएल 21:9

Následuj nás:

Reklamy


Reklamy