१ शमूएल 20:41 - पवित्र बाइबल41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 त्यो ठिटा गइसकेपछि दाऊद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक तीन पल्ट निहुरेर ढोग गरे। अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरे, र दुवै रोए। अनि दाऊदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 केटो गएपछि दाऊद ढुङ्गाका रासको पछिल्तिरबाट निस्किआए र तीन पल्ट भूइँसम्म निहुरेर ढोग गरे। दाऊद र जोनाथनले आपसमा म्वाइँ खाए र रोए। दाऊदको मनको पीर जोनाथनको भन्दा ज्यादा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीन पटक तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए। Viz kapitola |