१ शमूएल 20:3 - पवित्र बाइबल3 तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्नो मनमा भन्नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर दाऊदले उत्तर दिए, “तपाईंको बुबाले राम्ररी जान्दछन् कि तपाईंले मलाई कति मन पराउनुहुन्छ र तिनले के उपाय गर्दैछन्, सो तपाईंलाई नभन्ने निश्चय गरेका छन् किनभने त्यसले तपाईंलाई गहिरो चोट पुर्याउनेछ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।” Viz kapitola |