१ शमूएल 20:12 - पवित्र बाइबल12 जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्नँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 र जोनाथनले दाऊदलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर हाम्रा बीच साक्षी रहून्! भोलि र पर्सि यति नै बेला म मेरा बुबालाई सोध्नेछु। उनको आचरण तिमीप्रति ठीक छ भने म खबर पठाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्नँ र? Viz kapitola |