१ शमूएल 2:8 - पवित्र बाइबल8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धूलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ। “किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ, अभावमा परेकाहरूलाई तिनका कष्टदेखि उचाल्नुहुन्छ। उहाँले तिनीहरूलाई राजकुमारहरूका साथी बनाउनुहुन्छ, र आदरका स्थानहरूमा राख्नुहुन्छ। पृथ्वीका जगहरू परमप्रभुकै हुन्; तीमाथि उहाँले संसार बसाल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ। Viz kapitola |