१ शमूएल 2:5 - पवित्र बाइबल5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 भरिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन्, तर भोकाएकाहरू फेरि भोकाउनेछैनन्। बाँझी स्त्रीले सात जना बच्चाहरू जन्माएकी छे, तर धेरै छोराहरूकी आमा शिथिल हुन्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एक समय मीठा-मीठा खाना खाने मानिसहरू अहिले खाना खानलाई ज्यालामा काम गर्छन्, तर जो भोका थिए ती अब भोका छैनन्। नि:सन्तान स्वास्नीले सात वटा छोरा-छोरी पाइन्, तर धेरै जनाकी आमासित एउटै पनि बालक छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। ती बाँझी स्त्रीले सात जना बच्चाहरू जन्माएकी छिन्; तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्। Viz kapitola |