Online Bible

- Reklamy -




१ शमूएल 2:30 - पवित्र बाइबल

30 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “त्‍यसकारण परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्‍ने सेवा गर्नेछन्‌ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘अब यस्‍तो हुनेछैन। मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्‍कार गर्नेहरू तुच्‍छ ठानिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 म इस्राएलका परमप्रभु परमेश्‍वरले बितेका दिनमा यस्‍तो प्रतिज्ञा गरेको थिएँ कि तेरा परिवार र वंशले मेरा पूजाहारी भई सदाकाल मेरो सेवा गर्नेछन्। तर अब म भन्‍छु कि म यसो हुन दिनेछैनँ। त्‍यसको सट्टामा मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु र मलाई तुच्‍छ ठान्‍नेहरूसित म घृणाको व्‍यवहार गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसकारण याहवेह इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ: तेरो घराना र तेरा पितापुर्खाका घरानाले सधैँभरि मेरो सेवा गर्नेछौ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब याहवेह घोषणा गर्नुहुन्छ, “मबाट अब यस्तो हुनेछैन! मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु, तर मेरो अपमान गर्नेहरू अपमानित हुनेछन्।”

Viz kapitola kopírovat




१ शमूएल 2:30

Následuj nás:

Reklamy


Reklamy