१ शमूएल 2:29 - पवित्र बाइबल29 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्थानको निम्ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ? तैंले मेरो प्रजा इस्राएलले चढ़ाएका सबै बलिदानको असल भागलाई आफ्नो निम्ति राखी किन तँ तेरा छोराहरूलाई मलाई भन्दा बढ़ी सम्मान गर्छस्?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त अब किन तैँले मेरा मानिसहरूबाट मैले चाहेका बलि र भेटीहरूलाई लोभले हेर्छस्? एली, किन तेरा छोराहरूलाई मैले आफ्ना मानिसहरूबाट चाहेका बलिका सबैभन्दा असल हिस्सा खाएर मोटाउन दिएर तैँले मलाई भन्दा तिनीहरूलाई बढ्ता आदर दिन्छस्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरू किन मैले मेरो वासस्थानको निम्ति तोकेका बलि र भेटीको अनादर गर्छौ? मेरा इस्राएली जनहरूले चढाएका हरेक भेटीका असल भागहरू खाएर आ-आफूलाई पुष्ट्याएर तैँले किन मलाई भन्दा बढी तेरा छोराहरूलाई आदर गर्छस्?’ ” Viz kapitola |