१ शमूएल 2:1 - पवित्र बाइबल1 हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु, अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब हन्नाहले यो प्रार्थना चढ़ाइन्: “मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ, परमप्रभुमा म मेरो सीङ उच्च पार्दछु। मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हन्नाहले यसरी प्रार्थना गरिन्– “परमप्रभुले मेरो हृदय आनन्दले भर्नुभएको छ। उहाँले गर्नुभएको कामले गर्दा म अति खुसी छु! म मेरा शत्रुहरूमाथि हाँस्दछु; परमेश्वरले मलाई मद्दत गर्नुभएको कारणले म हर्षित छु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब हन्नाले प्रार्थना गरेर यसो भनिन्: “मेरो हृदय याहवेहमा रमाउँदछ; याहवेहमा मेरो सिङ उच्च पारिएको छ। मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, किनकि म तपाईंको छुटकारामा हर्षित छु। Viz kapitola |