१ शमूएल 19:24 - पवित्र बाइबल24 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे। यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यहाँ उनले आफ्ना वस्त्र उतारे, र शमूएलको सामु जोशले मग्न भएर त्यस दिनभरि र रातभरि पनि नाङ्गै बसे। त्यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताकै दलमा छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनले आफ्ना वस्त्र फुकाले र शमूएलको सामुन्ने अगमवाणी बोल्दै त्यो दिन र रातभरि नाङ्गै बसे। (त्यसरी यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले आफ्नो पोशाक उतारे। अनि शमूएलको उपस्थितिमा पनि अगमवाणी गरे। तिनी त्यस दिनभरि र रातभरि नाङ्गै बसे। यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन् र?” Viz kapitola |