१ शमूएल 18:21 - पवित्र बाइबल21 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उनले आफ्नो मनमनै भने, “म त्यसलाई नै दाऊदसँग विवाह गरिदिनेछु, कि पलिश्तीहरूका हातबाट मारिनलाई तिनको निम्ति त्यो एउटा फन्दा होस्, र पलिश्तीहरूले तिनको विरोध गरून्।” यसैले शाऊलले दाऊदलाई आफ्ना जुवाइँ बनाउनलाई दोस्रो पल्ट प्रस्ताव राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनले आफ्नो मनमा सोचे, “म मीकल दाऊदलाई दिनेछु। दाऊदलाई पासोमा पार्न म मीकललाई काममा ल्याउनेछु र त्यो पलिश्तीहरूद्वारा मारिनेछ।” यसकारण दोस्रोपल्ट शाऊलले दाऊदलाई भने, “तिमी मेरो जुवाइँ हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।” Viz kapitola |