१ शमूएल 17:55 - पवित्र बाइबल55 शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?” अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 शाऊलले दाऊदलाई त्यस पलिश्तीको विरुद्धमा गइरहेका देख्दा, उनले आफ्ना सेनापति अबनेरलाई सोधे, “अबनेर, त्यो ठिटो कसको छोरो हो?” अबनेरले भने, “हजूरका जीवनको शपथ खाएर म भन्दछु कि मलाई थाहा छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 शाऊलले दाऊदलाई गोल्यतसित लड्न जाँदैगरेका देखेर आफ्ना सेनाका अध्यक्ष अबनेरलाई सोधे, “अबनेर, त्यो कसको छोरो हो?” अबनेरले जवाफ दिए, “राजन्, मलाई थाहा भएन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्चै मलाई थाहा छैन।” Viz kapitola |