Online Bible

- Reklamy -




१ शमूएल 17:52 - पवित्र बाइबल

52 इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 इस्राएल र यहूदाका मानिसहरूले तुरुन्‍तै युद्ध-ध्‍वनि उठाए, र गात र एक्रोनका मूल ढोकाहरूसम्‍मै उनीहरूलाई खूब खेदेर लगे। शारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूका लाश जताततै छरिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 इस्राएल र यहूदाका मानिसहरू कराउँदै तिनीहरूका पछि लागे र तिनीहरूलाई गात र एक्रोनको ढोकासम्‍म खेदेर लगे। शारैम जाने बाटोमा गात र एक्रोनसम्‍मै पलिश्‍तीहरू घाइते भएर जताततै लडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए।

Viz kapitola kopírovat




१ शमूएल 17:52

Následuj nás:

Reklamy


Reklamy