१ शमूएल 16:13 - पवित्र बाइबल13 शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि शमूएल रामाको बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 शमूएलले जैतुनको तेल लिएर दाऊदलाई तिनका दाजुहरूका सामुन्नेमा अभिषेक गरे। तुरुन्तै परमप्रभुको आत्माले दाऊदलाई आफ्ना अधीनमा लिनुभयो र त्यस दिनदेखि रामामा फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए। Viz kapitola |